भ्यालेन्टाइन दिवस मैत्री बनाएर सजाईंदै काठमाडौं (फोटो फिचर)

काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

विशेष गरी यो दिवस १४ फेब्रुअरी अर्थात् फागुन २ गतेका दिन विशेष रूपमा मनाइने गरिन्छ । ‘भ्यालेन्टाइन डे’ आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ? प्रेम दुई विपरीत लिङ्गबीच मात्रै होइन, प्रेम त परिवारसँग, साथीहरूसँग, आफ्ना प्रियजनहरूसँग पनि हुन्छ ।

त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ । प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ । यतिबेला काठमाडौं उपत्यकामा ‘भ्यालेन्टाइन डे’को विशेष माहौल छ ।

काठमाडौं उपत्यकामा ‘भ्यालेन्टाइन डे’ स्पेसल रूपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, ‘भ्यालेन्टाइन डे’ देशभर नै प्रेमिल रूपमा मनाइँदै छ । ७ फेब्रुअरीबाट सुरु भएको भ्यालेन्टाइन डे आज (शनिबार) ‘प्रमिस डे’ हो । आज प्रेमीहरू एकअर्काबीचमा वाचा बन्धनहरू खाने गर्दछन् ।

‘भ्यालेन्टाइन डे’ इटालीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । नेपालसहित अहिले विश्वभर नै ‘भ्यालेन्टाइन विक’ सुरु भएको छ । प्रेमिल जोडीहरूले काठमाडौं धपक्क बलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्