महासंघमा महाभिडन्त, पहिलो पटक त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि आज त्रिपक्षीय भिडन्त भइरहेको छ । महासंघमा आबद्ध देशभरका लाखौँ उद्योगी व्यवसायी सदस्य रहेको महासंघको भावी अध्यक्ष चयनका लागि आज बिहान ८ बजेदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा निर्वाचनमा सहभागी गइरहेका छन् । आजको निर्वाचनपछि ३ वर्षपछिका नयाँ नेतृत्व चयन हुने छ । 

चुनावी मैदानमा अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् । तीनै जना महासंघमा विभिन्न पदमा रहेर पदाधिकारीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । महासंघको ५७ वर्षको चुनावी इतिहासमा पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जना  भिड्दै छन् । 

त्रिपक्षीय भिडन्तमा श्रेष्ठद्वय र संघई प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । तीन जना चुनावी मैदान रहेकाले पहिलो चरणमा नै महासंघका विधानले व्यवस्था गरेको ५१ प्रतिशत मत ल्याउन नसक्ने कम सम्भावना रहेको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । निर्वाचनको मत गणना आजै साँझ ७ बजेदेखि सुरु भएको छ ।  यो मतगणनाबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशतले मत नल्याएमा बिहीबार दोस्रो चरणको मतदान सुरु हुनेछ । उक्त मतदानमा तेस्रो हुने उम्मेदवारले पहिलो वा दोस्रो हुनेलाई समर्थन गरेपछि भने परिमाण आउनेछ । दोस्रो चरणको मतदान ३० गते ११ बजेदेखि ६ बजेसम्म प्रज्ञा प्रतिष्ठानमै हुनेछ ।

त्यस्तै, अन्य पदमा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा १–१ जना उपाध्यक्षको पदका लागि ३ उपाध्यक्ष पदका लागि ८ जना व्यवसायी चुनावी मैदानमा छन् । ३ वटा समूहमा बाँडिएर ८ जना व्यवसायी उपाध्यक्षको प्रतिस्पर्धामा छन् । 

जिल्ला नगरको उपाध्यक्ष पदका लागि अञ्जन समूहबाट अरुण सुमार्गी, उमेशलाल समूहबाट दिनेश श्रेष्ठ र  संघई समूहबाट शुरकृष्ण वैद्य छन् । यस्तै, वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, हेमराज ढकाल र शकुन्तला हिराचन छन् । यसका साथै, एसोसिएटतर्फको उपाध्यक्ष पद अन्जन र उमेशलाल समूहबाट भरत आचार्य र संघई समूहबाट ज्योत्सना श्रेष्ठ आपसी भिडन्तमा छन् ।

महासंघको चुनावको कार्यसमिति ६४ जनाकोका रहेको छ ।  यो पदका लागि ११७ जना व्यवसायीले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सुरुमा २ जना उम्मेदवार निर्वाचित भइसकेको महासंघका निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका छन् । 

६४ वटा पदका लागि वरिष्ठ उपाध्यक्ष पदमा ३ जना, ३ उपाध्यक्ष पदका लागि ८ जना, सात प्रदेशका लागि १४ जना, जिल्ला नगर केन्द्रीय सदस्य १४ जनामा तर्फ ३२, १८ वस्तुगत केन्द्रीय सदस्यतर्फ २८ र १९ एसोसिएट केन्द्रीय सदस्यतर्फ २९ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, द्वयराष्ट्रिय र संस्थापकतर्फ १–१ जना सदस्य निर्वाचित हुने छन्। निर्वाचन समितिका अनुसार कूल १९ सय ९३ जना मतदाता छन् । एसोसिएटतर्फ १७ सय ४८ जना, वस्तुगततर्फका मतदाता संस्था १२३, जिल्लानगरतर्फका मतदाता संस्था ११७ जना र  द्वीराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्