बिहेको सिजनमा दैनिक रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ l बिहेको सिजनमा सुनको मूल्यले दैनिक रेकर्ड ब्रेक गर्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

मङ्गलबारको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य १ लाख १९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।

हिजो मङ्गलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ पनि हालसम्मकै उच्च प्रतितोला १ हजार ५ सय २० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला २० रुपैयाँले बढेको हो ।

बिहेको सिजनमा सुनचाँदीको मूल्य बढेपछि बजारमा खरिद गर्नेभन्दा बिक्री गर्ने बढेको व्यवसायीले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?