सात महिनामा नेशनल लाइफको व्यापार १० अर्ब माथि, बीमा व्यवसायमा दोस्रो बन्यो कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेशलन लाइफ इन्स्योरेन्सले १० अर्ब माथिको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म प्रथम बीमा र नवीकरण बीमामा ४ लाख १८ हजार ९८२ बीमा पोलिसी जारी गरेर १० अर्ब ५ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

जीवन बीमा व्यवसाय गर्ने यस कम्पनीले माघ महिनासम्म प्रथम बीमामा दुई अर्ब ३५ करोड ६९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । सोहि अवधिमा कम्पनीले पोलिसी नवीकरणबाट ७ अर्ब ६९ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

चालु आवको यो सात महिनालाई हेर्ने हो भने नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढि व्यापार मंसिर महिनामा गरेको छ । बीमा व्यवसायको हिसाबले त्यसपछिको महिना माघ महिना बनेको छ । कम्पनीले माघ महिनासम्म प्रथम बीमा र पोलिसी नवीकरणबाट ८२ हजार ८७९ बीमा पोलिसी जारी गरेर एक अर्ब ४८ करोड ४८ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै पुष महिनामा कम्पनीले ७६ हजार बीमा पोलिसी जारी गरेर प्रथम बीमा व्यवसायबाट ३७ करोड १४ लाख रुपैयाँ र नवीकरणबाट १ अर्ब ३ करोड ४१ लाख रुपैयाँ गरि कुल १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
कम्पनीले मंसिरमा १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँको बीमा व्यवसाय गरेको हो । कम्पनीले मंसिर महिनामा प्रथम बीमा र नवीकरण बीमा ७० हजार ४२२ बीमा पोलिसी जारी गरेको छ ।

जीवन बीमा व्यवसाय गर्ने यो कम्पनीले कार्तिक महिनामा ५० हजार १९३ बीमा पोलिसी जारी गरेर १ अर्ब १० करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमामा ५३ हजार ३५५ बीमा पोलिसी जारी गरेर १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले भदौ महिनामा ४२ हजार ४३१ बीमा पोलिसी जारी गरेर १ अर्ब १० करोड ९ लाख प्रिमियम संकलन गरेको थियो । साउन महिनाको तुलनामा भदौ महिनामा कम्पनीको व्यवसाय दोब्बर भएको तथ्यांकमा देखिएको छ ।

कम्पनीले साउन महिनामा प्रथम बीमा र नवीकरण बीमाम ४३ हजार ६६१ बीमा पोलिसी जारी गरेर १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?