सात महिनामा झन्डै ९ खर्ब माथिको आयात, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना साउनदेखि माघ महिनासम्ममा ८ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ बराबरको आयात भएको छ । गत आवको यसै अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको आयात भएको थियो । यो गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३१ प्रतिशतले कम हो।

सात महिनामा आठ खर्ब ९७ अर्ब बराबरको आयात हुँदा ८६ अर्ब ८३ करोडको मात्रै निर्यात भएको छ । यो अवधिमा निर्यात ७.०७ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षमा ९३ अर्ब ४३ करोड रूपैयाँको सामान निर्यात भएको थियो।

चालु आवको यस अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मात्रै ८० अर्ब ३९ करोड ५७ लाख रुपैयाँको आयात भएको छ । त्यस्तै भैरवह भन्सारबाट १ खर्ब ३८ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ, विराटनगर भन्सार विभागबाट ९७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ, वीरगन्ज भन्सार नाकाबाट ३ अर्ब ५ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ, रसुवा नाकाबाट ३२ अर्ब ५६ करोड ५० लाख रुपैयाँ र तातो पानी नाकाबाट १९ अर्ब ८५ करोड ५९ लाख रुपैयाँको आयात भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

साउनदेखि माघ महिनामा सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, स्टिल प्यालेटबाट बनेका सामान, आइरन र स्टिल रोल, स्मार्ट फोन, औषधी, कोइला, सुन लगायतका वस्तु रहेका छन्।

चिया
यो सात महिनामा इन्डीयाबाट नेपालमा चिया मात्रै एक करोड २२ लाख रुपैयाँको भित्रिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा भारतबाट चिया ६ करोड ७६ लाख रुपैयाँको भित्रिएको थियो । गत आवको समीक्षा अवधिको तुलनामा चिया यो अवधिमा ५ करोड ५ लाख रुपैयाँले कम आयत भएको छ ।

तरकारी
त्यस्तै चालु आवको यस अवधिमा भारतबाट ८ अर्ब २१ करोड ६३ लाख रुपैयाँको तरकारी भित्रिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्डीयाबाट १० अर्ब ८५ करोड १० लाख रुपैयाँको तरकारी भित्रिएको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस अवधिमा भारतबाट कम तरकारी निर्यात भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको सात महिनासम्म भारतबाट ११ अर्ब ४४ करोड ५ लाख रुपैयाँको तरकारी भित्रिएको थियो ।

नुन
यो अवधिमा दैनिक सबैको भान्छामा प्रयोग हुने नुन १ अर्ब ४१ करोड ११ लाख रुपैयाँको आयात भएको छ । गत आवको समीक्षा अवधिमा छिमेकी राष्ट्र भारातबाट एक अर्ब ५४ करोड १४ लाख रुपैयाँको नुन आयात भएको थियो ।

गुड चिनी
अन्य खाद्ययपदार्थ सँगै ठूला–ठूला होटल देखि सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने चिनी आर्थिक वर्षको सात महिनामा ३ करोड ४३ लाख रुपैयाँको भित्रिएको छ । इन्डीयाबाट गत आवको यसै अवधिमा चिनी १ करोड २० लाख रुपैयाँको भित्रिएको थियो । गत आवको समीक्षा अवधिको तुलनामा यस अवधिमा चिनी २ करोड २२ लाख रुपैयाँले बढि आर्यात गरिएको तथ्यांकमा उल्लेख छ ।

चामल
यो सात महिनामा भारतबाट नेपालमा १३ अर्ब १ करोड १८ लाख रुपैयाँको चामल भित्रिएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा इन्डीयाबाट चामल २३ अर्ब ४६ करोड २८ रुपैयाँको आयात भएको थियो ।

स्याउ
त्यसैगरी यो अवधिमा चीनबाट नेपालमा ४ अर्ब १६ करोड ४७ लाख रुपैयाँको स्याउ आयात गरिएको छ । गत आवको यसै अवधिमा चीनबाट १ अर्ब ९६ करोड ७८ लाख रुपैयाँको स्याउ भित्रिएको थियो । गत आवको सोहि अवधिको तुलनामा यस अवधिमा चीनबाट २ अर्ब १९ करोड ६९ लाख रुपैयाँले कम आयात भएको हो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्