१९ जनाले दिए नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न उमेद्धारी, कस्ले मार्ला बाजी ?

काठमाडौं । पुँजी बजारको मुख्य नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बन्न हानाथाप हुन थालेको छ । बोर्डको अध्यक्ष पद हात पार्ने अभिलाषाका साथ आजसम्म १९ जनाले आवेदन बुझाएका छन्।

विगतका अभ्यास जस्तै इच्छुक मध्येबाट केहीलाई सर्टलिस्ट गरी योग्य उमेद्धारको छनोट गरिने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डका पूर्व अध्यक्ष रमेश हमाल बाहिरीएसँगै दर्जनौ कामहरु अलपत्र अवस्थामा रोक्किएका छन् । सोही कामहरुलाई पूर्णता दिने ढृढताका साथ नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नबराज अधिकारी, मुक्ति श्रेष्ठ र कृष्ण पोखरेलले आवेदन बुझाएका छन् ।

यता, नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण कार्की, नेप्से कर्मचारी प्रबिण पन्दाक, शेयर बजारका जानकार डा. केशब प्रसाद श्रेष्ठले आवेदन दिएका छन् । धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ, राष्ट्रिय बीमा संस्थानका पुर्व प्रमूख प्रशासक शिबहरी श्रेष्ठ, नेप्सेकै पूर्व सीइओ सीताराम थपलिया, धितोपत्र बोर्डका पूर्व इडी निरज गिरी, मुक्ति अर्याल, अर्थशास्त्री खगेन्द्र कट्वाल र बिमल तिवारी प्रोभिडेन्ट मर्चेन्ट बैंकिङका सीईओ, नेपाल बैंकका पूर्व सीइओ कृष्णबहादुर अधिकारी, सेयर बजारका जानकार रघु काफ्ले लगायतले पनि आवेदन दिएका छन् ।

नयाँ अध्यक्ष आएसँगै आईपिओ निष्काशन लतायतका निकै कामहरुले पूर्णता पाउँने धितोपत्र बोर्डले बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्