आठ महिनासम्ममा मुलुकको व्यापार घाटा निकै कम्जाेर अवस्थामा

काठमाडाैँ । चालू आर्थिक वर्ष २०८०–८१ को आठ महिना अर्थात फागुनसम्ममा मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ नाघेको छ । माघ महिनासम्म ८ खर्ब ११ अर्ब ११ करोड व्यापार घाटा व्यहोरेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब १८ अर्ब ४९ करोडले बढेको हो ।

फागुनसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.५२ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

फागुनसम्ममा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो महीना माघसम्ममा ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

आयात निर्यात दुबैमा गिरावट

चालु आर्थिक वर्षको आठ महीना अवधिसम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.९९ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार फागुन महिनासम्ममा १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड ६२ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्