फागुनसम्म दर्ता भएका उद्योगमा करिब ३० खर्ब लगानी, कतिले पाए रोजगारी ?

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९ हजार २२४ वटा साना तथा ठूला उद्योगहरू दर्ता भएका छन् । आर्थिक वर्षको (साउनदेखि फागुन) मसान्तसम्म दर्ता भएका साना तथा ठूला उद्योगहरूमा २९ खर्ब ९२ अर्ब ७० करोड रुपैयाँ लगानी भएको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

साउनदेखि फागुन मसान्तसम्म विभिन्न क्षेत्रमा दर्ता भएको नौ हजार माथि उद्योगहरूमा ६ लाख ९८ हजार ५१० जनाले रोजगारी पाएको विभागले जनाएको छ ।

चालु आवको साउनदेखि फागुन मसान्तसम्म सबै भन्दा बढि ऊर्जामूलक क्षेत्रमा लगानी भएको छ भने समीक्षा अवधिमा खनिजमा कम लगानी भएको देखिएको छ ।

फागुन मसान्तसम्म ऊर्जामूलकमा १७ खर्ब १७ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा ४६३ वटा उद्योग दर्ता भएको छ भने ४२ हजार २३१ जनाले रोजगारी पाएका छन् ।

उत्पादनमूलकमा ३ हजार ४४५ वटा उद्योग दर्ता भएको छ । दर्ता भएको उद्योगमा ६ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन् भने ३ लाख ६३ हजार ४४९ जनाले रोजगारी पाएका हुन् ।

समीक्षा अवधिमा ७३ वटा पूर्वाधारमा ५४ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ । उक्त पूर्वाधारमा ४ हजार ५६१ जनाले रोजगारी पाएका छन् ।

कृषि तथा वन पैदावारमा आधारित ५३४ वटा दर्ता भएको छ । दार्त भएको उक्त उद्योगहरूमा फागुन मसान्तसम्म ४१ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ भने ४० हजार १६२ जनाले रोगारी पाएका छन् ।

यसै अवधिमा सूचना, प्रसारण तथा संचार प्रविधिमा आधारित १२० वटा उद्योग दर्ता भएको छ । दर्ता भएको उद्योगहरूमा ९ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यसैगरी सेवामूलक क्षेत्रमा २ हजार ४५२ वटा उद्योगहरू दर्ता भएको छ । सेवामूलकमा दर्ता भएको उद्योगहरूमा २ खर्ब ७० अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छन् भने १ लाख ४३ हजार ६८३ जनाले रोजगारी पाएका छन् ।

पर्यटन क्षेत्रमा २ हजार ७९ वटा कम्पनी दर्ता भएको छ । उक्त कम्पनीहरूमा २ खर्ब ५४ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका छन् । दुई हजार ७९ कम्पनीमा ८८ हजार ६७१ जनाले रोजगारी पाएका छन् ।

खनिजमा ७८ वटा मात्रै दताएको छ । खनिजमा ८ अर्ब १८ करोड रुपैयाँ लगानी भएको छ भने ७ हजार ६३२ जनाले रोजगारी पाएका छन् ।

वैदेशिक लगानीमा १ खर्ब ५५ अर्ब

चालु आर्थिक वर्षको फागुन महिनासम्म वैदेशिक लगानीमा १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी भएको छ । फागुन महिनामा मात्रै विभिन्न उद्योगहरूमा २.६८ अर्ब रुपैयाँको लगानी भएको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालु आवको (साउनदेखि फागुन) मसान्तसम्म २५८ प्रगति भएको छ । स्वदेशी तथा वैदेशि लगानीमा फागुनमा मात्रै २२ पुगेको छ ।

त्यस्तै सरकारले यस वर्षको अन्त्यसम्म ठूला उद्योग ८० वटा पुराउने लक्ष्य रहेकोमा यस अवधिमा ३२ वाट दर्ता भएको छ भने फागुन महिनामा १ वटा मात्रै दर्ता भएको छ । समीक्षा अवधिमा मझौला उद्योगमा ८५ वटा पुराउने लक्ष्य रहेकोमा यो अवधिमा मझौला उद्योगमा २२ वाट पुगेको छ । त्यस्तै साना उद्योगमा २०४ वटा दर्ता भएको छ । चालु आवको अन्त्यसम्म २०० वटा पुराउने लक्ष्य रहेकोमा फागुन महिनामा मात्रै २ वटा दर्ता देखिन्छ छ ।

चालु आवको यस अवधिमा १८ हजार १५३ जनाले रोजगारी पाएका छन् । फागुन महिनामा मात्रै १ हजार ३३४ जनाले रोजगारी पाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?