बैशाख महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर प्रकाशित

बैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले नयाँ वर्षको पहिलो महिनाका लागि ब्याजदर घटाएका हुन् । 

प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.७५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ४.१४ प्रतिशतसम्म रहेको थियो । 

त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले ५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । अघिल्लो वर्ष यस्तो ब्याजदर ५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म थियो ।  एकवर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ प्रतिशतदेखि ६.७० प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ५.५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म रहेको थियो ।  नयाँ तालिका अनुसार अहिले बचत खातामा सबैभन्दा धेरै कुमारी बैंकले ३.७६ प्रतिशत प्रस्ताव गरेको छ । त्यस्तै, व्यक्तिगत मुद्दती खातामा एनआईशी एशिया बैंकको ७.७५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा सोही बैंकको ६.७० प्रतिशत ब्याज नै सर्वाधिक रहेको देखिएको छ । 

अहिले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ५.२५ प्रतिशत छ । संस्थागत मुद्दतीतर्फ हिमालयन बैंकले सबैभन्दा कम ४ प्रतिशत मात्रै ब्याजदर दिने जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?