त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

त्रिविका उपकुलपति बरालले ६ चैतमा सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका थिए ।  त्यसपछि आएका निवेदनमध्येबाट बरालले केसी र रिजालको नाम प्रधानमन्त्री समक्ष नियुक्तिका लागि सिफारिस गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्