वीरमा आन्द्रा सुनिने रोगसम्बन्धी विशेष ओपिडी सञ्चालन गरिने

काठमाडौं : चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले हप्तामा एक दिन आन्द्रा सुनिन रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागले सूचना निकाल्दै वैशाखदेखि हरेक सोमबार आन्द्रा सुनिने अलसरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचार लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने जनाएको हो । 

ग्याष्ट्रोइन्टेरोलोजी विभागका विभागिय प्रमुख डा. मुकेश शर्माले आन्द्रा सुनिने अल्सरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले हप्तामा एक दिन सेवा सञ्चालनमा ल्याउन लागेको बताए ।

उक्त सेवा ग्याष्ट्रोइन्टेरोलोजि ओपिडीको कोठा नम्बर २३१ मा हरेक सोमबार दिउँसो एकदेखि तीन बजेसम्म सञ्चालन हुने डा. शर्माको भनाइ छ । यो सेवाबाट लाभ लिन चाहने बिरामीहरुले ग्याष्ट्रोइन्टेरोलोजी विभागमा सम्पर्पक गर्न उनले  आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्