स्वच्छ ऊर्जाको लागि नेपाल दक्षिण एशियामै महत्त्वपूर्ण : मन्त्री पुन

 कृष्णानन्द भट्ट 

काठमाडौ :  अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत दक्षिण एसिया कै स्वच्छ र नवीकरणीय ऊर्जाको लागि अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री पुनले ‘एसियामा नवीकरणीय ऊर्जा संक्रमण’ विषयक कार्यक्रममा बोल्दै नेपालको बिजुली आन्तरिक खपतको लागि मात्रै नभई छिमेकी मुलुकलाई निर्यात लागेको बताएका छन्। सौर्य ऊर्जा र जलविद्युतलाई पूर्णरुपमा उपयोग गर्नमा नेपाल प्रयासरत  रहेको बताए।  

प्रधानमन्त्री पुष्पकमल दाहालको केही महिनाअघि भएको भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको थियो भने बंगलादेश नेपालबीच ४० मेगावाटको विद्युत् व्यापार सम्झौता भएको बताएका छन्। 

जसले गर्दा दक्षिण एसिया क्षेत्रको हरित ऊर्जाको लागि  नेपाल महत्त्वपूर्ण हुने बताउदै जलविद्युत उत्पादनको सम्भावनालाई पूर्ण रूपमा सदुपयोग गर्न ऊर्जा क्षेत्रमा लगानी आवश्यक रहेको बताए। 

उक्त बैठकमा विश्व बैंकका प्रबन्ध निर्देशक आना वियर्दे विश्व बैंकको पूर्वी एशिया र प्यासिफिकको अध्यक्ष मानुएला वी फेरो, विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजर,  इण्डोनेसियाको पूर्वाधार, यातायात तथा सामुद्रिक मामिला र लगानी सम्बन्धी मन्त्री रचमत कैमुद्दीन, एसियाली विकास बैंकको  दक्षिणपूर्वी एसिया र प्यासिफिक क्षेत्रका उपाध्यक्ष स्कट मोरिस लगायत सहभागीता रहेकोे थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?