तेस्रो लगानी सम्मेलनमा ३६ देशका ४६५ जना सहभागी हुने

कृष्णानन्द भट्ट 

काठमाडौं : सरकारले वैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनमा ३६ देशका ४६५ जनाको सहभागिता हुने भएको छ सोको निम्ति कन्फर्मेसन लेटर समेत पठाएको लगानी बोर्ड्ले जनाएको छ। 

बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार नेपालले सम्मेलनमा सहभागी हुनेको लागि १३५५ जनालाई औपचारिक पत्र पठाएको छ तर सो मध्ये ४६५ जना आउने पक्का भएको छ भने कुटनीतिज्ञ, संस्थाका प्रतिनिधि र लगानीकर्ताले सहभागिताको लागि कन्फर्मेसन पठाएका छन्।

लगानी बोर्डका अनुसार अहिलेसम्म लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनबाट ६४ जनालाई कन्फर्मेसन पठाएको छ। यसैगरी  भारतबाट ५७, जर्मनीबाट १२, बेलायतबाट ११, अमेरिका र बंगलादेश १०र१० जना, युएई र जापानबाट ८र८ जना, दक्षिण कोरियाबाट ७ जना, पाकिस्तान र अस्ट्रेलियाबाट ६(६ जनाले सहभागिता हुने र सोको लागि  कन्फर्मेसन पठाएको छ।

सिंगापुर, मलेसिया, रसिया, फिनल्यान्ड, कोलम्बिया, क्यानडा, कतार, बेल्जियम, बहराइन, अस्ट्रिया, भियतनाम, थाइल्यान्ड, स्विट्जरल्यान्ड, साउदी अरेबिया, श्रीलंका लगायतका मुलुकबाट पनि लगानी सम्मेलनमा सहभागिताको लागि  कन्फर्मेसन आएको लगानी बोर्डले जनाएको छ। 

बोर्डका अनुसार सम्मेलनमा अहिलेसम्मको कन्फर्मेसन अनुसार सबैभन्दा धेरै नेपाली लगानीकर्ता सहभागी हुनेछन् भने इयू र विश्वका विभिन्न अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थाका ६० भन्दा धेरै प्रतिनिधिको पनि सहभागीताको लागि  कन्फर्मेसन पठाएका छन्।

लगानी सम्मेलन शुरु हुन अझै १० दिन बाँकी रहेकोले कन्फर्मेसनको संख्या बढ्दै जाने लगानी बोर्डका प्रवक्ता उपाध्यायले बताए। बोर्डको तथ्यांक अनुसार यस अघि सन् २०१७ मा भएको पहिलो लगानी सम्मेलनमा २१ देशका २५७ जना विदेशी र ५०० जना नेपाली लगानी कर्ताको सहभागिता भएको थियो। 

यसैगरी सन् २०१९ मा भएको दोस्रो लगानी सम्मेलनमा ४० देशका ७३५ जना विदेशी र ६०० जना नेपाली लगानी कर्ताको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?