सुप्रिम सहकारी प्रकरण : दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्रीप्रसाद उप्रेतीको इजलासले दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलाशले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले दीपेश पुनबाट ४ लाख, नविन अछामीबाट १० लाख, लिला चापागाईंबाट १८ लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापा मगरबाट २ लाख र रोशनी गुरुङबाट २ लाख धरौटी माग गरेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।

अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?