दुई हजार सात सयले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा  आज  सुनको मूल्यमा उच्च दरले गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै  दुई हजार सात सयले ओरालो लागेको छ।

सोमबार तोलामा  एक लाख ३८ हजार दुई सय रुपैयाँमा मा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ३५ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा  एक लाख ३७ हजार पाँच सय रुपैयाँमामा कारोबार भएकामा आजका लागि भने  एक लाख ३४ हजार आठ सय ५० रुपैयाँमा निर्धारण भएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ। सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँनिर्धारण भएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?