मानव सेवा नै सर्वोत्तम सेवा हो, यसमा सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताएकी छिन् । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुनस्थित मानव सेवा आश्रममा आयोजना गरेको कार्यक्रममा यस्तो  बताएकी हुन् ।

'कोही नभएकाहरूको अभिभावक बनेर  ठुलो मानवीय योगदान दिएको भन्दै मन्त्री चौधरीले आश्रमको प्रशंसा समेत गरिन । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ ।' उनले भनिन् ।सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उनले त्यस्ता व्यक्तित्वहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताइन् ।

कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताए ।

त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पललगायतका सामग्री  हस्तान्तरण गरिएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?