तोलामा ५ सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य बुधबार ५ सय रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३६ हजार र तेजाबी सुन १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

मंगलबार छापावाल सुन १ लाख ३५ हजार ५ सय, तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० र चाँदी १ हजार ६ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 

उता, अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय २९ र चाँदी २७।४४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा किनबेच भएको एजेन्सीहरुले जनाएका छन्। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?