अग्रज पत्रकार ढुंगाना सम्मानित

राष्ट्रिय समाचार समितिमा कार्यरत अग्रज पत्रकार नारायण ढुंगाना सम्मानित भएका छन् । 

शुक्रबार  पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा   ढुंगाना प्रधानमन्त्री  पुष्पकमल दाहालद्वारा सम्मानित भएका हुन् । ढुंगाना काठमाडौको कान्तिपुर सिटी कलेजमा आमसञ्चार तथा पत्रकारिताअन्तर्गत  स्नातकोत्तर  तहमा उत्कृष्ट भएका थिए ।

सम्मानपत्र तथा मेडल प्राप्त गरेपछि सामाजिक सञ्जालमा आफ्नो खुशी साट्दै ढुंगानाले कजेल तथा प्रेरणा दिने सवैमा आभार व्यक्त गरेका छन् । 'जे प्राप्त हुनुपर्ने थियो, पाईयो, खुसीको सीमा छैन । यो मेडल यहाँहरूमै समर्पण गर्दछु, यहाँहरूले कुनै न कुनै रूपमा प्ररेणा दिनुभएको छ ।धन्यवाद  कान्तिपुर सिटी कलेज । ' उनले भनेका छन् ।

कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए तीन दशमलव ७५ अङ्क ल्याएका थिए । । चितवन घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका  उनी२० वर्षदेखि पत्रकारितामा संलग्न छन्  । राससमा कार्यरत ढुङ्गानालाई आज विश्वविद्यालय परिसर मोरङ सुन्दर हरैचामा सम्मान गरिएको हो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्