फिल्म 'फर्की फर्की ' को शीर्ष गीत सार्वजनिक

फिल्म ‘फर्की फर्की’ को शीर्ष गीत सार्वजनिक गरिएको छ।  शनिबार ओएरआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ प्रस्तुत छन्। 

रोमन बज्राचार्य र निकिता थापाले गीतमा स्वर दिएका छन्। गीतको शब्द, संगीत र एरेन्ज रोमनकै हो। भिडिओका कोरियोग्राफर किरण थापा हुन्।  सुयोग गुरूङ निर्देशित 'फर्की फर्की ' लाई ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मले प्रस्तुत गरेको हो। 

फिल्ममा अनमोल र जसिताका साथमा अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याल समेत शीर्ष भूमिकामा छन्। 

निर्देशक सुयोगकै कथा एवं पटकथा रहेको काल्पनिक र रोमान्टिक जनराको फिल्मले 'टाइम लुप ' को कथालाई उठान गरेको छ। फिल्मको निर्मातामा रोहित अधिकारी र ओमप्रकाश अग्रवाल छन्। नरेन्द्र मैनालीको डिओपी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, सुरेन्द्र पौडेलको सम्पादन छ। 

 फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्