बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी संकलन

बागलुङको  कालिका मन्दिरमा चैते दसैँको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ ।  कालिका मन्दिरमा चैते दसैँको अवसरमा  ४० लाख ७२ हजार पाँच सय ५८ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

खड्काका अनुसार गत वर्षको चैते दसैँको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी सङ्कलन भएको छ । गत वर्षको चैते दसैँको अवसरमा रु ५१ लाख भेटी सङ्कलन भएको थियो । नवरात्र सुरु भएपछि चैते दसैँ अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । 

परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?