चारसय रुपियाँले बढ्यो सुनको मूल्य , प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँमा कारोबार

काठमाडौं : आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्