राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

सरकारले आइतबारदेखि लगानी सम्मेलन सुरू गरेको छ। सम्मेलनमा ५५ देशबाट लगानीकर्ता नेपाल आएका छन्।  सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?