वेष्ट इण्डिज ‘ए’विरुद्ध सागर ढकालले लिए एउटै ओभरमा दुई विकेट

काठमाडौं : वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिएका छन् ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले २/२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

लगत्तै २/५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे। उनले तेस्रो ओभरमा एक रन मात्रै दिंदा वेष्ट इण्डिजले दुई विकेट गुमाएर १८ रन बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्