दोहोरो अंकले बढ्यो नेप्से , २ अर्ब ६८ करोडको सेयर कारोबार

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १४.३३ अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो ।

यो सँगै नेप्से परिसूचक १ हजार ८ सय ८०.२७ अंकमा बन्द भएको छ । गत बिहीबार नेप्से ३.२४ अंकले घटेको थियो । आइतबार कारोबारमा आएकामध्ये १ सय ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो, ५५ वटाको घट्यो र बाँकी ९ वटाको स्थिर रहेको छ ।

उक्त दिन ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार २ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?