अन्डर -१९ भलिबल : नेपाली भलिबल टोली फाइनलमा प्रबेश

बंगलादेशमा भइरहेको अन्डर -१९ भलिबल प्रतियोगिता नेपाली भलिबल टोली फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमीफाइनल खेलमा नेपाली टिमले बंगलादेशको (बी) टिम लाई ३-० को सोझो सेटमा (२५-१६ ,२५-२१ ,२५-२१ ) पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

राजधानी ढाकामा जारी प्रतियोगितामा नेपाली टोलीको यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

नेपाली टोलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।

त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?