१७औं नेपाल-चिन व्यापार मेला सुरु

कृष्णानन्द भट्ट 

काठमाडौं : भृकुटीमण्डपमा १७औं नेपाल-चाइना व्यापार मेला सुरु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक समारोह बीच सो व्यापार मेलाको उद्घाटन गरेका हुन् ।

नेपाल र चीनको तिव्वतको वाणिज्य विभाग वीच सन् १९९० मा दुई देश बीच भएको सम्झौता अनुसार नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता अनुसार यो पटक नेपालमा मेला आयोजना गरिएको छ।

नेपाल चीन ९तिब्बत० बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्वन्ध विस्तार गर्ने उद्देश्य अनुरुप मेला आयोजना गरेको छ। ब्यापार मेलामा चीनको स्वशासित क्षेत्र तिब्बतका सरकारी प्रतिनिधि चीन स्वशासित क्षेत्र तिव्वत सरकारको उपाध्यक्ष लाङ फुकुन लगायतका ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको ब्यापारीक मण्डलको सहभागिता रहेको छ।

मेलामा चीनको स्वशासित क्षेत्र तिब्बतको ५० र नेपालको १५ वटा स्टल रहेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतका परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप,विद्युतीय सवारी साधान, सौन्दर्य प्रशाधनको अतिरिक्त विभिन्न व्यापारिक कम्पनीको सहभागीता रहेको छ।

नेपालको १५ स्टलहरुमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकला-काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरेको छ।

मेला विहान १० देखि बेलुका ६  बजेसम्म खुल्ला हुने छ। मेलामा प्रबेश निः शुल्क रहेको मेला आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?