एक अर्ब १० करोड लागतमा रारामा लक्जरी रिसोर्ट बन्ने , लगानी सम्मेलनमा मै भयो सम्झौता

कृष्णानन्द भट्ट 

काठमाडौं : स्वर्गकी रानीको उपनाम पहिचान पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी रिजोर्ट बन्ने किसिमले भित्रिएको छ। रारामा बन्ने यो पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको छ।

नेपालमा तेस्रो नेपाल लगानी सम्मेलन भैइरहेको बेलामा रिजोर्टमा लगानीको निम्ति  सम्झौता भएको छ। सम्झौतामा हस्ताक्षर गर्दै एक्सपर्ट ग्रुपबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर सयुक्त रूपमा गरेका छन्। मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने यो लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी गरिनेछ। रिसोर्ट वातावरण मैत्री र स्थानीय संस्कृति झल्किने गरी नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका अभिशेख विक्रम शाहले मध्याह्न दैनिकलाई बताए।

समुद्र सतहदेखि ३ हजार ७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यो क्षेत्र वरपरका हिमालहरूको उत्कृष्ट दृश्यावलोकन गर्न सकिन्छ। यो परियोजना कर्णाली प्रदेश कै पहिलो लक्जरी रिसोर्ट हो। परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छ। यो सम्झौता सँगै निर्माण प्रकृयालाई तीब्रतासाथ अगाडि बढाईने र आगामि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शाहले बताए।

आयोजनाको दोस्रो चरणमा थप ४० करोड लगानी गरिने बताएका छन्। एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ। यो सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?