एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्ट बीच ६ अर्बको लगानी सम्झौता

कृष्णानन्द भट्ट 

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुप बीच लगानी सम्झौता भएको छ। नेपाल लगानी बोर्डले आयोजना गरेको लगानी सम्मेलनमा सो सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी र माधव दवाडीले हस्ताक्षर गरेका छन्।

कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी गर्न स्वीकृति लिएको छ। लगानीको रकम नेपाली ६ अर्ब बराबरको रहेको उल्लेख गरेको छ।

सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?