आईपीएल : दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ ।

सुरुवाति ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । १५४ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

दिल्लीका लागि पृथ्वी सो १३ रनमा आउट हुँदा जेएफ माकग्रुक १२ रनमा आउट भए । त्यस्तै अभिषेक पोरेल १८, साही होप ६, रिशव पन्त २७, अक्षर पटेल १५, त्रिस्तन स्टबस ४, कुमार कुशाग्र १ तथा राशिक सलाम ८ रनमा आउट भए । कुलदीप यादव ३५ तथा लिजाद विलियम्स १ रनमा नटआउट रहे ।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । त्यस्तै वैभव अरोरा र हर्षित राणानले २र२ विकेट लिए भने मिचेल स्टार्क र सुनिल नरेनले १र१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका फिल साल्टले ६८ रन जोडे । त्यस्तै सुनिल नरेनले १५ तथा रिकु सिंह ११ रनमा आउट हुँदा श्रेयस ऐय्यर ३३ तथा बेंकटेस ऐय्यर २६ रनमा नटआउट रहे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?