गायक मोहित मुनालको 'तिमी नै मेरो 'सार्वजनिक

गायक मोहित मुनालको  'तिमी नै मेरो' युट्युबमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियो 'तिमी नै मेरो ' लाई रियलटाइम नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस म्युजिक भिडियोमा विजयसिंह मुनालको म्युजिक, विश्ववल्लभको शब्द रहेको छ भने क्यामेरामा शिशिररत्न शाक्य रहेका छन् । सन्तोष पौडेलले निर्देशन गरेको यस म्युजिक भिडियोमा एरेन्जर र मिक्सिङको भूमिका गायक मोहित स्वयम्‌ले निभाएका छन् । 

त्यस्तै, पवित्रारत्न शाक्यले सम्पादन गरेको सो म्युजिक भिडियोको कास्टमा मोहित र रोजिना सुवाल रहेका छन् भने रेकर्डिङमा सन्तोष दंगाल रहेका छन् । वासुदेव मुनाल र ज्ञानु राणाले गाएको उक्त गीतलाई मोहितले फेरि गाएका हुन् ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?