सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 

सुनको मूल्य मंगलबार स्थिर छ। चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअनुसार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। 

तर मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्