गाई काटेको आरोपमा काभ्रेबाट २ महिला र १ पुरुष पक्राउ

गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेको आरोपमा काभ्रेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका-११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन्। 

ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध- ११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट गाईको छाला र खुट्टाहरु पनि बरामद भएको प्रहरीको भनाई छ। 

नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्