महोत्तरी मटियाहनीका अग्नीपिडितलाई खाना खुवाउँदै वार्मिङ हार्ट्स

जलेश्वर :  महोत्तरीको मटियाहनी नगरपालिका – ६ का अग्नीपिडितका लागि यतिबेला वार्मिङ हार्ट्स नेपाल सायन समाज इश्वरका रुपमा अगाडि आएको छ । वार्मिङ हार्ट्सले अहिले मटियाहनी – ६ अग्नी पिडितलाई दैनिक खाना खुवाउँदै आएको छ ।

 गत बुधवार भएको आगलागीबाट १ सय ३ परिवार प्रभावित भएका छन् । आगलागीका कारण खद्यान्न, लत्ता कपडा भाडाकुँडा सवै जलेर नष्ठ भएको अवस्थामा हन्डे«डस् ग्रुप र हाम्रो टिम नेपालको सहयोगमा वार्मिङ हार्ट्स अग्नी पिडितहरूलाई खाना खुवाएको वार्मिङ हार्ट्सका योगेश गुप्ताले दिए । उनका अनुसार २ सय भन्दा बढि बालबालिकाहरू आगलागीबाट प्रभावित भएका छन् । उनीहरूका किताब कपी लुगा सबै जलेकाले सो व्यवस्था गर्ने तयारी गरिरहेको गुप्ताले बताए । 

त्यस्तै अग्नी प्रभावित मटियाहनी – ६ मा गर्मीको समयमा पालमा बस्दा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर राख्दै स्वास्थ्य शिविर पनि संचालन गर्न लागेको उनले बताए । वार्मिङ हार्ट्सले जाजरकोट भुकम्पको बेलामा समेत उद्धार र राहतका लागि काम गरेको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?