चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने

काठमाडौ : नेपाल मै चिनियाँ गाडी उत्पादन गर्ने गरि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ। चिनियाँ  कम्पनीसँगको साझेदारीमा कोशी एन.के. मोटर्सले विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्ने छ।

चिनियाँ कम्पनी सेमन गोल्डेन ड्रागन अटोबडीसँग कोशी एन.के.मोटर्स प्रा.लि.ले तेस्रो लगानी सम्मेलनकै अवसरमा दुई कम्पनी वीच सम्झौता भएको छ। चीनको फुजियन प्रान्तमा रहेको सेमन गोल्डेन ड्रागन अटो बडी र कोशी एन.के. मोटर्सबीच नेपाल मै ४ पाङ्ग्रे विद्युतीय गाडी उत्पादन गर्ने गरि सो सम्झौता भएको हो। दुवै कम्पनीले पहिलो चरणमा ३ अर्ब लगानी गर्ने बताएका छन्।

कोशी एन.के. मोटर्सका अध्यक्ष टीकाराम पुरीले एक वर्षभित्र विराटनगरमा ४ पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य लक्ष्य अनुरुप अगाडि बढ्नुको साथै चिनियाँ र कोरियन प्रविधिमा आधारित ४ पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गर्ने अध्यक्ष पुरीको बताए। 

विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढी गंगामा १५ विघा जमिन खरिद गरिसकेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?