नेप्सेमा उच्च अङ्कले बृद्दि २ हजार विन्दुमाथि, कारोबार रकम पनि बढ्यो

काठमाण्डौ : नेप्स आज उच्च अङ्कले बढेको छ । आज २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको छ । यसअघि वैशाख ३ गते सोमवार नेप्से परिसूचक दुई हजार विन्दुमाथि थियो ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कर्पोरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्