सप्तरीको चिम्टीमा भीषण आगलागी,एक सय बढी घर जलेर नष्ट


सप्तरीको चिम्टीमा भीषण आगलागी,एक सय बढी घर जलेर नष्ट



राजविराज – सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । आज  भएको आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताए ।

 उक्त आगलागीमा करिब ६०-७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्