केही प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना


काठमाडौं : हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको  छ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । 

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशसहितका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, राति भने कोशी, गण्डकी  र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी चल्ने पनि विभागले पूर्वानुमान गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्