श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले युवा एवं बौद्धिक जनशक्ति पलायन रोक्न प्रतिबद्ध रहेको बताएका छन्। विश्व श्रमिक दिवस, २०२४ का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राख्न गम्भीरताका साथ लागिरहेको बताएका छन्। ​उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताएका छन्।

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासको आधार रहेको भन्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?