एकै दिन तोलामा २७ सय घट्यो सुनको मूल्य

सुनको मूल्यमा आज उच्च गिरावट आएको छ।  मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार ५ सय निर्धारण भएको छ। हिजो छापावाल सुन १ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो। 

आज तेजावी सुन एक लाख ३३ हजार ६५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। 

आज जाँदीको मूल्य पनि तोलमा २० रुपैयाँ घटेको छ। आज चाँदी १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ थियो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?