नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं : वेस्टइन्डिज 'ए' ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। ५ टी-२० श्रृंखलाअन्तर्गतको तेस्रो खेलमा वेस्टइन्डिज 'ए' ले २० ओभरमा ३ विकेटको क्षतिमा २२८ रनको योगफल तयार पारेको हो।

वेस्टइन्डिज 'ए'का लागि जोनसोन चार्जिले सर्वाधिक ११९ रन बनाए। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरे।

नेपालका लागि करण केसी र सागर ढकाल  १-१ विकेट लिए।

पाँच खेलको सिरिज अहिले १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?