शेयर बजारमा गिरावट

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ ।

७.३१ अंकले घट्दै नेप्से १९९८ दशमलव ९६ विन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये ११ उपसमूह घट्दा लघुवित्त र व्यापार उपसमूह भने अंकले बढेका छन् । लघुवित्त उपसमूह ३ दशमलव ४५ प्रतिशतले बढ्दा ब्यापार उपसमूह नगन्य अंकले बढेको छ । पछिल्ला दुई दिनमा उच्च अंकले बढेको विकास बैंक उपसमूह आज सर्वाचिक २ दशमलव ०३ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि लघुवित्तका लगानीकर्ताहरुले भने आज कमाएका छन् । शेयरमूल्य बढेका १० शीर्ष कम्पनीहरुमा ९ वटा लघुवित्त रहेका छन् । त्यस मध्ये समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर जलविद्युतको शेयरमूल्य भने सर्वाधिक ८ दशमलव २१ प्रतिशतले घटेको छ । आज ३०८ स्टकको ९४ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?