नवनिर्वाचित सांसदले लिए शपथ (फोटो फिचर)

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेका छन् । सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सपथ गराएका हुन् । सपथ ग्रहणका लागि संसद बैठक कक्षको पहिलो लहरमा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई राखिएको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी राष्ट्रिय दलको हैसियतमा छन् ।

ती दलका शीर्ष नेतालाई भने संसदको पहिलो लहरमा राखिएको छ । कांग्रेस, एमाले र माओवादी सरह रास्वपाले पनि संसदमा अग्रपंक्तिको लहरमा सीट पाएको छ । रास्वपा र राप्रपाले संयुक्तरूपमा एउटै लहरमा सिट पाएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सभामुख आशनको बायाँतर्फ सँगै राखिएको थियो । त्यसैगरी, बायाँतर्फको सबैभन्दा छेउको सीटमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई राखिएको थियो ।

संसद् भवनमा प्रतिनिधिसभाको बैठक कक्षमा ६ वटा लहरमा सीट व्यवस्थापन गरिएको छ । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लागि सिंगो लहर छुट्याइएको छ ।

अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष भनेर कुनै दलको कित्ता छुट्याइएको छैन । अहिले सरकारमा सहभागीलाई सत्तापक्ष मानेर सीट व्यबस्थापन गरिएको संसद सचिवालयका एक कर्मचारीले बताए ।

एमालेले पाएको लहरमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल बसेका छन् । सरकारका लागि छुट्याइएको लहरको दायाँतर्फ क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरू बसेका छन् ।

कांग्रेसका लागि २ वटा ब्लक दिइएको छ । एउटामा ब्लकको पहिलो लहरमा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायतका सांसद बसेका छन् भने अर्को ब्लकको पहिलो लहरमा प्रकाशमान सिंह, प्रकाशशरण महत, विश्व प्रकाश शर्मा र त्यही लहरको एउटा कुर्सीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि राखिएको छ ।

सभामुख आशनको दायाँतर्फको सबैभन्दा छेउको ब्लकको पहिलो लरहमा माओवादी केन्द्रका नेता वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बसेका छन् ।

प्रतिनिधिसभाको शीर्ष पंक्तिमा दलका शीर्ष नेताका अतिरिक्त यसपटक केही नयाँ अनुहार देखिएका छन् ।

गराउनुभएको हो ।


 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?