राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षकमा राया नियुक्त

काठमाडौं: डा.अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा। शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेका हुन्।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको थियो। उनी सत्तारूढ दल नेकपा एमाले विदेश विभाग सचिव हुन्।

यसैगरी, राष्ट्रपति पौडेलले तोया रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका छन्।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्