दाहाल, ओली र लामिछानेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए । उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको बताए ।

उनले भने ,‘सामान्य बैठक हो । हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ । भेटघाट भएको थिएन । त्यसले गर्दा यो सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ । सुदूरपीश्चममा एउटा समझदारीमा गइसकेको कुरा हो । त्यसमा कहिले कहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो । हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन । प्रदेशमा केही हुँदा केन्द्रमा केही हुँदैन । सामान्य छलफल हुन् । म यहीँ थिएँ, त्यसपछि ओलीजी आउनुभयो । सामान्य छलफल गर्न हो, एजेण्डागत होइन । शिर्ष नेताबीच निरन्तर छलफल भइराख्छ । लगानी सम्मेलन कुरा छन्, अन्य राजनीतिक कुरा छन्, त्यसको समीक्षा गरिएको हो ।’ गृहमन्त्रीले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने बताए।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्