सोडारीलाई मुख्यमन्त्री नियुक्ति गर्नुको कारण पेश गर्न अदालतको आदेश

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्त बदर गर्नुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। 

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मुख्यमन्त्री नियुक्तिको सक्कलप्रति निर्णयसहित जवाफ पेश गर्न आदेश दिएको हो। त्यस्तै मुद्दालाई अग्राधिकार प्रदान गर्दै वैशाख २३ गतेका लागि पेसी तोकिएको छ।

नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरीले सोडारीलाई गैरसंवैधानिक तरिकाले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बदर गर्न माग गरेका थिए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?