जनताले चाहेको जस्तो काम गर्न सकेका छैनौं, : योगेश भट्टराई

नेकपा (एमाले) सचिव एवं मधेस प्रदेशका इञ्चार्ज योगेश भट्टराईले सबैको सुदृढ एकताबाट देशलाई गरीबि, अशिक्षा, पछौटेपनबाट मुक्ति गराउनुपर्ने बताएका छन्। एमाले धनुषाको क्षेत्र नं. २ क मुडिवा टोलमा आयोजना गरेको बृहतसभालाई सम्बोधन गर्दै भट्टराईले सरकारमा भएपनि जनताले चाहेको जस्तो काम गर्न बाँकी रहेको बताएका हुन्।

‘खाडीको धूपमा पसिना बगाउने नौजवानहरुलाई स्वदेशमै पसिना बगाउने,देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकतावद्ध भएर लाग्नुपर्ने छ,’ उनले भने, ‘अहिले पनि नेकपा ९एमाले० सरकारमा त छ। तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ। मधेसको सरकारमा हामी छौँ। तर, मुख्यमन्त्री हामीसँग छैन। त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ।’

उनले २०८४ मा निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरे। उनले भने,‘अब नेकपा ९एमाले०को एउटै संकल्प छ। यो देशको प्रधानमन्त्री नेकपा ९एमाले०को हुनेछ। मधेसको मुख्यमन्त्री नेकपा ९एमाले०को हुनेछ। हामीले त्यो सन्देश गाउँगाउँमा लैजानु पर्ने छ।’

भट्टराईले विविधतायुक्त देशमा सबै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए। ‘म जुन जिल्लामा जन्मिएको हुँ त्यहाँ अहिले पनि हिँउ परिरहेको छ। अहिले म जहाँ बोल्दै छु। यो ठाउँमा असाध्यै गर्मी छ। नेपालको विशेषता नै यहि हो।  नेपाल हिमाल, पहाड र तराईको देश हो,’ उनले भने।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्