इलाम-२ मा कांग्रेसको अग्रता कायमै

काठमाडौ : इलाम-२ को प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। दिउँसो १२ बजे सुरु भएको मतगणनाको परिणाम आउनेक्रम जारी छ।

प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन्। उनले ११ सय ४५ मत ल्याएका छन्। एमालेका सुहाङ नेम्वाङले हजार ६३ मत पाएका छन्। तेस्रो स्थानमा  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्। 

उनले ३११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले २०५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ६ मत पाएका छन्।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्