राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ : राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहका बिच पूर्वराजदूत समेत रहेकी  उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन्।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए ।

त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लागो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिएका थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाइ दिएका थियो । शपथ ग्रहण लगत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन् ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?