आईपीएल : सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दैं

काठमाण्डौ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अहिलेसम्म खेलेका ९ खेलमा ५ जित र ४ हार बेहोरेर सनराइजर्स १० अङ्कका साथ तालिकामा पाँचौँ स्थानमा छ । राजस्थान भने ९ खेलमा ८ जित र १ खेलमा मात्र हार बेहोरेर १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

हैदराबाद अस्ट्रेलियाका प्याट कमिन्सको कम्तानीमा आईपीएल खेलिरहेको छ । राजस्थानको कप्तान सन्जु सामसन रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?