कांग्रेससहित विपक्षी दलहरुको बैठक जारी

फाइल तश्वीर

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको कांग्रेस सभापति एवम् दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा सुरु भएको बैठकमा आजको संसद्को बैठकमा कसरी प्रस्तुत हुने र सरकारले जबर्जस्ती संसद चलाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने भन्नेबारे निर्णय लिने बताईएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति माग गरेको छ । सरकारले छानबिन समिति बनाउने सहमति जनाएको छ । तर, समितिको कार्यदेश बारे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?